Logo

राजनीति

अन्तत: ब्याक भए ओली, माधव नेपालसँग राखे यस्तो शर्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।

आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आफू जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको बताएका हुन् ।

ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन् ।

kp-oli2.jpg

 

kp-oli3.jpg

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार २१:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।