Logo

राजनीति

ओलीको प्रस्तावका बारेमा छलफल गर्न नेपाल पक्षले बोलायो आकस्मिक बैठक



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेको अवस्थामा पार्टीलाई पुनर्जीवित गराउन तयार रहेकोले एकतामा आउन आव्हान गरेपछि माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्षले आफ्नो समूहको आकस्मिक बैठक बोलाएको छ । ओलीले आईतबार राति ६ बुँदे प्रस्ताव गरेपछि नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

ओलीको प्रस्तावलाई कतिपय नेताहरुले सकारात्मक भनि सकेका छन् भने कतिपयले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको प्रतिक्रिया दिएका छन् । नेपाल पक्षका धेरैजसो नेताहरुले ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।   

ओलीको सर्तमा विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा हालेको रिटको हस्ताक्षर फिर्ता लिनु पर्ने प्रमुख सर्त राखेका छन् भने नेपाल पक्षले प्रतिनिधिसभा विघटनमा आत्माओचना सहित माफी माग्नुपर्ने सर्त राखेका छन् । नेपाल पक्षका नेताहरुले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेका छन् । दुइपटकसम्म प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यसलाई आफ्नो गल्तीका रुपमा स्विकार गर्ने सम्भावना पनि देखिएको छैन । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०८:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।