Logo

प्रमुख समाचार

कांग्रेसका १ सय ३६ कार्यकर्ताले दिए राजीनामा, अब बागी पौडेललाई बोक्ने निर्णय



नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन् । भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन् ।

जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। ‘नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाही विरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ ।’ उनीहरूले संकलन गरेको माईनुटमा लेखिएको छ ।

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालले जानकारी दिए । उनकाअनुसार, अझै हस्ताक्षर संकलनका काम भइरहेको छ ।

उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिका–१५का कार्यकर्ताले राजिनामा लेखिएको माइनुटमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ७ : २७ बजे