Logo

घटना

चितवनमा एमाले कार्यकर्ताको छुरा प्रहारबाट कांग्रेस नेता कानको हत्या



चितवन । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ भरतपुर–७ कृष्णनगर खेलकुद मैदान आगाडि मोटरसाइकलमा हिँडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्‍याइएकाे थियो । अस्पताल नपुर्‍याउँदै बाटोमा नै  मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

कानको हत्यापछि चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीको भनाइ छ । याे समाचार तयार पार्दा सम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ६ : १४ बजे