Logo

शिक्षा

परीक्षा नियन्त्रण कार्यालयमा पनि मतदान केन्द्र, दुई दिन सेवा बन्द हुने



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई दिन सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।