Logo

राजनीति

गण्डकीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बिहीबार विश्वासकाे मत लिने भएका छन्। दिउँसाे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ। 

उनीगत वैशाख २९ गते दाेस्राे पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

गण्डकीमा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । ६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन्। विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ। 

तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।