Logo

प्रमुख समाचार

दलका कार्यकर्ता मतपेटिका राखेको काेठामा छिरेपछि प्रहरीले गोली ठोक्यो



गोरखा । गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।

 मतदान केन्द्रमा कार्यकर्ताहरू मतपेटिका राखेको कोठामा प्रवेश गर्न खोजेपछि झडप भएकाे बताइएकाे छ ।

गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ ।

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ७ : ४१ बजे