काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । वडा नम्बर एकको कूल एक हजार ४७२ मतगणना हुँदा ५९७ मतसहित मेयरमा राप्रपा अगाडि देखिएको छ । राप्रपालाई नकेपा एमालेले पछ्याइरहेको छ । एमालेको ५०३ मत रहेको छ । यस्तै कांग्रेसको ६६, जसपाको ६१ एकीकृत समाजवादी ३२ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेको अग्रता छ । एमालेले हालसम्म ५९७ मत प्राप्त गरेको छ । राप्रपाले ३९९, माओवादी केन्द्रले १३१, जसपाले १०४ र लोसपाले ५ मत ल्याएको छ । शिवराजमा माओवादी केन्द्र र एकीकृत समाजवादीले एकअर्कालाई सघाएका छन् ।
प्रतिक्रिया