Logo

राजनीति

चितवनको खैरहनी नगरपालिकामा कांग्रेसको अग्रता



चितवन । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् । वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् ।

वडा नं. १ मा ३८७ र वडा नं. २ मा ४०० मत गणना गरिएको छ । वडा नं. १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : ०२ बजे