Logo

प्रमुख समाचार

काठमाडौंमा बालेनलाई सुरुवाती अग्रता



काठमाडौं । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ । 

वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । 

वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ ।  वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ । 

समग्रमा दुवै वडामा बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन् । 

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : १४ बजे