Logo

प्रमुख समाचार

इलामको देउमाईको मतगणनास्थलमा हवाईफायर



इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर भएको छ ।

शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको स्थानीयले जानकारी दिए ।

मतगणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नेकपा (एमाले)ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको हाे ।

उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणनास्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको हाे ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : २२ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।