Logo

राजनीति

माओवादीले कारबाही गरेकी प्रदेश सांसद पनि केन्द्रमा मन्त्री 



माओवादी केन्द्रले कारबाही गरेकी प्रदेश २ सभा सदस्य ज्वाला कुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र सरकारमा समावेश गरेका छन् ।

बिहीबार मन्त्रिपरिषद् विस्तारका क्रममा उनले साहलाई समेत समेटेका हुन् । प्रधानमन्त्री ओलीले साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

सर्वोच्चको निर्णयसँगै नेकपा टुक्रिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा फर्किएसँगै साह माओवादी त्यागेर ओली पक्षमा समावेश भएकी थिइन् । उनी २०७४ मंसिरमा भएको प्रतिनिधि प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बारा क्षेत्र नम्बर ३ को ९क० बाट निर्वाचित भएकी थिइन् ।

माओवादी केन्द्रले गत चैत ३० गते प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेसँगै उनी प्रदेश सभाबाट बाहिरिएकी थिइन् । जस लगत्तै नेकपा एमालेले उनलाई पार्टीको प्रदेश २ को अध्यक्ष तथा बारा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।