Logo

राजनीति

गण्डकी प्रदेश सभा ३० मिनेटका लागि स्थगित



गण्डकी प्रदेश सभा ३० मिनेटका लागि स्थगित भएको छ । गण्डकी प्रदेश सभामा  बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि दलहरुले आफ्नो धारणा व्यक्त गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक ३० मिनेटको लागि स्थगित भएको जानकारी गराएका हुन् । ६० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नका लागि ३१ मत आवश्यक पर्छ । 

बहुमत देखाउन ३१ जना सांसद आवश्यक पर्छ । गण्डकीमा रहेका एमालेका २७ सांसद मध्ये इन्द्रलाल सापकोटा माधवकुमार नेपाल समूहमा छन् । जनमोर्चाका कृष्ण थापालाई सर्वोच्च अदालतले थमौती गरेपछि उनले पनि मतदानमा भाग लिन पाउने भए पनि तटस्थ बस्‍ने बताइसकेका छन् । 

आफूलाई मत दिने विश्वासका साथ मन्त्रीमा नियुक्त गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन छन् । यसो गर्दा गुरुङको पक्षमा २७ मत हुने देखिन्छ । गत वैशाख २७ गते अल्पमतमा पर्ने भएपछि राजीनामा दिएर प्रदेश प्रमुखबाट ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले आफ्नो पक्षमा बहुमत पुर्‍याउनसक्ने सम्भावना निकै कम देखिएको छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १५:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।