सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने हाे।
सापकाेटाले प्रधानमन्त्री केपी ओलीलाई पनि लिखित निमन्त्रणा पठाएका थिए। सापकाेटा प्रतिनिधि सभा विघटनपछि पूर्वसभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका हुन्।
७ जेठ मध्यराति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। सापकाेटाले यसअघि पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए।















प्रतिक्रिया