Logo

राजनीति

सभामुखकाे आह्वानमा आज सर्वदलीय बैठक, प्रधानमन्त्रीलाई पनि निमन्त्रणा 



सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने हाे।

सापकाेटाले प्रधानमन्त्री केपी ओलीलाई पनि लिखित निमन्त्रणा पठाएका थिए। सापकाेटा प्रतिनिधि सभा विघटनपछि पूर्वसभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका हुन्।

७ जेठ मध्यराति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। सापकाेटाले यसअघि  पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।