Logo

प्रमुख समाचार

बालेनका लागि चर्चित कलाकार दीपकराज गिरीले लेखेको स्टाटस भाइरल !



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । धेरैको चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह अगाडि देखिएका छन् ।

साहलाई नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेनको अग्रतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान लगाउन थालिएको छ ।

धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् । यस्तैमा कलाकार दीपकराज गिरीले लेखेको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । गिरीको स्टाटसबारे विभिन्न टीकाटिप्पणी भइरहेका हुन् ।

गिरीले महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आङ्कलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘प्रारम्भिक मत परिणाम हेर्दा काठमाडौँ महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ६ : ०६ बजे

1.149k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।