Logo

राजनीति

सभामुखले बोलाएको सर्वदलीय छलफलमा प्रधानमन्त्री नजाने



काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले अबको राजनीतिका विषयमा छलफल गर्ने भएका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेको छलफल किन गर्नुपरेको र कोसँग सल्लाह गरेर छलफल थालिएको भन्‍ने यकिन नभइ प्रधानमन्त्री ओली सहभागी नहुने जानकारी दिएका हुन् । 
 
केन्द्रदेखि प्रदेश र सर्वोच्च अदालतलबाट पनि धक्का लागेपछि प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने भएका हुन् । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई पनि छलफलमा सहभागी हुन पत्र पठाएका थिए ।

दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई कारण देखाऊ आदेश जारी गरेको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।