काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा फेरि बर्खास्त भएका छन् । यस अघि पनि वैशाख २० गते पार्टीको उनलाई कारबाही गरेको थियो ।
यससँगै पार्टीको हृवीप उल्लङ्घन गरेको भन्दै थापालाई फेरि पनि पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले अनालाइनपानालाई जानकारी दिइन् ।
उनले भनिन् ‘बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको थियो । उक्त मतदानमा अनिवार्य सहभागी भएर विपक्षमा मत गर्न पार्टीले निर्देशन दिएको थियो । जसमा सांसद थापाले पार्टिको निर्देशन उलंघन गर्नुभएकोले उहाँलाई पदमुक्त गरिएको हो ।’
यस अघि पदमुक्त भएका थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । उनको पुनर्बहालीविरुद्ध पनि सर्वोच्चमा मुद्दा रहेको छ । जसको पेशी जेठ ३१ गतेलाई तोकिएको छ ।

















प्रतिक्रिया