Logo

मनोरञ्जन

ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर



काठमाडौँ । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।

ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बास्तोलाका अनुसार यस रियालिटी शोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।
रियालिटी शोको निर्णायकको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् ।
शोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने छन् ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकले उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दै लैजानु पर्नेछ । असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ४ : ३४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।