Logo

प्रमुख समाचार

मुगुको खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी



मुगु । जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही ९ सय मतान्तरले फरक पारेका छन् ।

गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् । रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए ।

जम्मा ११ वटा वडा रहेको खतेड गाउँपालिकामा माओवादीले २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा जितेका थियो भने अहिले ३ वटा वडामा मात्र जित हात पारेको छ । यस निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ५ : ३७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।