Logo

प्रमुख समाचार

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा कांग्रेसका चौधरी विजयी



सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।

तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ९ : ३४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।