मुगु । सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले एमालेका डिल्लीप्रसाद भट्टलाई २१६६ मतान्तरले पराजित गरेका हुन् । शाहीले ४०५५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भट्टले १८८९ मतमात्रै पाए ।
उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले ४२०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९६८ मत ल्याइन् । ३२३५ मतको अन्तरमा शाहीले डिलकलीलाई पराजित गरेकी हुन् ।
सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए । एकीकृत समाजवादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष र माओवादीलाई ५ वडाअध्यक्षको भागबण्डा गरी चुनाव लडेका थिए ।
सोरुको मतगणना सकिएसँगै मुगुका चारवटै स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया