Logo

मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा



काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छिन् ।

उनी अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ गएराति प्रिमियर भएको छ । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने यो दोस्रो फिल्म हो ।

निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए । रातो गाउनमा सजिएकी सुरक्षा कान्सरेडकार्पेटमा आकर्षक देखिएकी थिइन् ।

कान्समा भाग लिनैको लागि सुरक्षा हिजो दिउँसो इटालीको रोम हुँदै फ्रान्स पुगेकी थिइन् । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ ।

यसपटक कान्समा दुई इतिहास बनेका छन् । पहिलो, कान्समा छानिने पहिलो नेपाली फिल्म बनेको छ लोरी । दोस्रो, सुरक्षा कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।

१२ दिनसम्म चल्ने कान्समा यसपटक २५ फिल्म मुख्य विधामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ११ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।