Logo

प्रमुख समाचार

धरान उप–महानगरमा कांग्रेसभन्दा स्वतन्त्र उम्मेदवार डेढसय मतले अगाडि



सुनसरी । सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार २९ हजार ४ सय ६६ मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार साम्पाङले ८ हजार ५ सय ९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत मात्रै पाएका छन् । कांग्रेसका राईसँग साम्पाङले १ सय ४७ मतको मतान्तर कायम गरेका छन् ।

२०७४ को चुनावमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८ सय ५८ मत पाएकी छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  १२ : २० बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।