नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पाखा लगाउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले बाजी मारेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुबे निर्वाचित भएका छन् ।
अर्यालले १४ हजार ८३८ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।
प्रतिक्रिया