Logo

प्रमुख समाचार

भेरीगंगा नगरपालिकामा एमाले विजयी



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् ।

ढकालले १० हजार १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले ९ हजार ७९७ मत ल्याएर परजित भएका छन् ।

उपप्रमुखमा एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बोहोराले ९ नौ हजार ६१४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्दका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  १२ : ५१ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।