काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २८ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापितको वडासमेत रहेको यहाँ पनि फेरि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता लिएका छन् । बालेनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले नजिकबाट पछ्याइरहेका छन् ।
अहिलेसम्म २ हजार २२१ भोट गणना भइसक्दा बालेनको पक्षमा ५७१ भोट आएको छ । यस्तै, स्थापितले ५३९ र सिर्जनाले ५०७ भोट ल्याएका छन् । बागबजार क्षेत्रमा पर्ने वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । उनले बागबजारस्थित पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए ।
प्रतिक्रिया