प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल माफियाहरूलाई साथ दिइरहेका छन्।
चिकित्सा शिक्षा आयोगको नियम विपरित गएर प्रधानमन्त्री ओलीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चर्को दबाब दिइरहेका हुन्।
आयोगका अध्यक्ष समेत रहेका ओलीले उपाध्यक्ष डा श्रीकृष्ण गिरीलगायतलाई पदबाट हट्न वा बिएन्डसीलाई सम्बन्धन दिन चेतावनी दिइरहेका हुन्।
आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा डाकेर बीएन्डसीलाई सम्बन्धन दिन ओलीले शिक्षामन्त्रीमार्फत र्याखर्याख्ती पारिरहेका हुन्। प्रधानमन्त्री ओलीले उपाध्यक्ष गिरीलाई बालुवाटारमा बोलाएर पटक(पटक धम्की दिने काम गरिरहेको चिकित्सा शिक्षा आयोग स्रोतले बताएको छ।
ओलीले जस्तोसुकै दबाब दिए पनि कानुन सम्बत अगाडि बढ्ने भन्दै आयोगका उपाध्यक्ष गिरीले अडान लिएका छन्। ‘माथिबाट जे दबाब आए पनि उपाध्यक्षले बैठकका निर्णय माइन्युट गर्नुपर्छ। हाम्रो आवाजलाई प्रमाणीकरण गर्ने अधिकार उपाध्यक्षसँग छ’, एक पदाधिकारीले भने। आयोगका पदाधिकारी भने बिएन्डसी मेडिकल कलेजको सम्बन्धन दिन मापदण्डमै छन्।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालगायत विज्ञहरूले ओलीको दवावको विरुद्धमा छन् । २०६८ सालमा मनसायपत्र लिएको बिएन्डसीले २०७४ पछि नवीकरण गरेको छैन। यसका साथै बिएन्सीसँग पूर्वाधार देखि आवश्यक जनसक्ति समेत नभएकाले सम्बन्धन दिन नपाइने आयोगका पदाधिकारीहरूको दावी छ।
उनीहरूले सबै प्रोटोकल पुरा गरे सम्बन्धन दिनु कुनै आपत्तिको विषय नहुने बताएका छन्। तर, ओलीले शिक्षामन्त्रीको प्रयोग गरेर विधान विपरित सम्बन्धन दिन दवाव दिइरहेका हुन्। ओलीको उक्त कदमको विरुद्धमा नागरिक समाजका अगुवाहरू पनि सडकमा उत्रिएका छन्।
बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले ओलीलाई समेत आर्थिक प्रभाव पारेको आरोप अभियन्ताहरुको छ। उनीहरूले कानुन मिचेर सम्बन्धन दिनु दुखद् हुने बताइरहेका छन्।

















प्रतिक्रिया