काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै यादव भट्टराई पक्षले त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेको हो ।
जसपा नेता महेन्द्र राय यादवले सेटिङका आधारमा आयोगको निर्णय आएको आरोप लगाउँदै त्यसविरुद्ध अदालत जाने बताएका हुन् । यसबारे निर्णय गर्न अहिले बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा यादव भट्टराई पक्षको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको अनौपचारिक बैठक बसिरहेको छ।















प्रतिक्रिया