Logo

राजनीति

निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र–बाबुराम पक्ष सर्वोच्च जाने तयारी



काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् । 

आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै यादव भट्टराई पक्षले त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेको हो । 

जसपा नेता महेन्द्र राय यादवले सेटिङका आधारमा आयोगको निर्णय आएको आरोप लगाउँदै त्यसविरुद्ध अदालत जाने बताएका हुन् । यसबारे निर्णय गर्न अहिले बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा यादव भट्टराई पक्षको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको अनौपचारिक बैठक बसिरहेको छ। 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।