Logo

पत्रपत्रिका

के काठमाडौं महानगरपालिकाको ६४ मत हराएकै हो ?



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २९ को ६४ मत गायब भएको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका पराजित उम्मेदवार शिवराम राजवंशीले लगाएका छन् ।

निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानल विजयी भएको घोषणा शनिबार बिहान गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २९ वडामा ५ हजार आठ मत खसेको मुचुल्कामा देखिन्छ । अन्त्यमा ४ हजार ९ सय ४४ मत गन्दा मतपत्र सकियो । त्यसमध्ये २ सय ९ मत बद्दर भएको छ । बाँकी मत खोइरु यसको चित्तबुझ्दो जवाफ नदिइ निर्वाचन आयोगले एक पक्षीय ढंगले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको छ ।

हराएको मत स्पष्ट जवाफ नदिइ विजयी घोषणा नगर्न एमालेले निर्वाचन आयोगसँग आग्रह गरेको थियो । तर निर्वाचन आयोगले गोलमोटल जवाफ दिएर कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको आरोप एमालेको छ ।

उम्मेदवार विजयी भएको घोषणा गरिसकेपछि निर्वाचन आयोगले उजुरी नलिने बताएको छ । अब न्यायका लागि राजवंशी अदालत जानुपर्ने हुन्छ । मत गणनास्थलमा निर्वाचन अधिकृतले जालझेलपूर्ण तरिकाले कांग्रेसका उम्मेदवार विजयी घोषणा गरेको भन्दै कानुन व्यवसायीसँग सल्लाह गरेर राजवंशी न्यायका लागि सोमबार अदालत जाने भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १२:५३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।