मनसुन सुरु भएसँगै भइरहेको भारी वर्षाका कारण देशभर बाढी पहिरोले वितण्डा मच्चाइरहेको छ । देशभर बाढी पहिरो आउन थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आआफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।”
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।
केही दिनदेखि परेको अविरल बर्षाका कारण #सिन्धुपाल्चोक, #मनाङ लगायत देशका विभिन्न क्षेत्रमा #बाढि, #पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली #कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा #उद्दार र #राहतमा खटिन निर्देशन गर्दछु । 1/2
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021

















प्रतिक्रिया