Logo

शिक्षा

देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खुल्ने



काठमाडौँ । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् । जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गरेका हुन् ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् । सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरुमा पनि आइतबार सार्वजनिक विदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार विदा नदिने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १५:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।