नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरूलाई परिचय पत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले आयोजना गरेको विद्यार्थीका लागि राहत वितरण कार्यक्रममा राहत वितरण गर्दै नेपाली कांग्रेस कोभिड अनुगमन समितिका सदस्यसमते रहेका नेता महरले यस्तो आग्रह गरेका हुन् ।
लामो समयदेखिको कोरोना महामारीका कारण देशभरका ८५ लाखभन्दा बढी विद्यार्थीहरुको पढाईसँगै गाँस बासमा ठूलो समस्या परेको र भारी वर्षाका कारणलेसमेत ठूलो जनधनको क्षति भएर जनजीवन बिचल्लीत भएको र यसबाट विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित भएको नेता महरले बताए ।
वर्तमान कम्युनिस्ट सरकार यति ठूलो महामारी बाढी पहिरोले जनताले ज्यान गुमाइरहेको बेला पनि सत्ता जोगाउन मात्रै लागिरहेको र आवश्यक राहत र पुनःस्थापनामा नलागेको नेता महरको भनाइ छ । सरकार जनपक्षीय कुरामा गम्भीर नबनेर मानवता विरोधी कार्यमा लागेको महरको आरोप छ ।
कार्यक्रममा नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामा लगायतका नेताहरूको बिशेष सक्रियतामा राजनधानीमा रहेका पाँच सय पचपन्न जनालाई खाद्यान्न वितरण गरिएको छ । अध्यक्ष लामाले समस्यामा परेका विद्यार्थीलाई थोरै भए पनि सहयोग पुगोस भनेर राहत वितरण गरिएको बताए ।
‘राहतमा दामल, दाल, सोयभिन, नुन, सेनिटाइजर र मास्क वितरण गरिएको छ । यसले समस्यामा परेकाहरूलाई थोरै भए पनि राहात पुग्ने विश्वास लिएका छौं । महामारीलाई परास्त गर्न हामी सबैले सक्दो रहयोग गर्नुपर्छ’, लामाले भने । उनले देशमा व्याप्त व्यथितिका विरुद्ध आफूहरू सक्रिय रहनुका साथै महामारीमा समस्या खेपिरहेकाहरूको सहयोगमा जुटेको बताए ।


















प्रतिक्रिया