Logo

जनप्रतिनिधि

शपथ समारोहमा बालेनलाई सुनिताको कर्के नजर! फेसबुकभरी चर्चा



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर शानदार विजय हासिल गरेका बालेन्द्र शाह बालेनले आज पदभार ग्रहण गरेका छन् ।

मेयर साहसँगै उपमेयर सुनिता डंगोल लगायत नवनिर्वाचित सबै जनप्रतिनिधिहरुले पनि पदभार सम्हालेका छन् ।

पदभार सम्हाल्नुअघि राष्ट्रिय सभागृहमा शपथग्रहण समारोह भएको थियो । शपथ समारोहमा मेयर बालेन पत्नी सविता काफ्लेसहित उपस्थित भएका थिए ।

समारोहको मञ्चमा बालेन उपमेयर सुनिता र पत्नी सवितालाई दायाँबायाँ राखेर बीचमा बसेका थिए ।

यसैबीच समाजिक सञ्जालमा मेयर बालेन र सुनिताको हाउभाउको खुबै चर्चा भइरहेको छ । भाइरल तस्वीरमा बालेन श्रीमतीसँग केही कुराकानी गरिरहँदा उपमेयर सुनिताले कर्के नजरले हेरिरहेको देखिन्छ । धेरैले यो तस्वीरबारे सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् ।

शपथ समारोहमा मेयर बालेन दौरा सुरुवालमा कालो टोपी अनि कालो चश्मा लगाएर उपस्थित भएका थिए भने उपमेयर सुनिता ढाकाको चोलो र साडीमा सजिएका थिइन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १९:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।