Logo

मनोरञ्जन

थानेश्वरको स्वर, रमेशको शब्दमा ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक थानेश्वर गौतमको स्वर, संगीतमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन् ।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन् । राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ । भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०८:१५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।