Logo

मनोरञ्जन

दर्शकलाई थप्पड हान्ने अभिनेत्री मिरुनाको चौतर्फी विरोध, पक्राउ परेका तामाङलाई छुटाउन दबाब



काठमाडौं । आफूलाई ‘दुर्व्यवाहार’ गरेको भन्दै ‘कबड्डी ४’ हेर्न आएका दर्शकलाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मिरुना मगरको चौतर्फी आलोचना भएको छ। सामाजिक सञ्जालदेखि सडकमा पनि मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको छ।

मंगलबार बिहान मात्रै चाबहिलस्थित केएल टावरमा दर्शकले फिल्मको पोस्टर च्यात्ने तथा जलाउनेदेखि फिल्मको प्रदर्शन बन्द गर्न दबाब दिँदै नाराबाजी समेत गरेका छन् ।

आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४’की अभिनेत्री मिरुनालाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए । आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ।

हाल सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन्।

आइतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुनालाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन्। तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

उक्त घट्नापछि निर्दोष व्यक्तिलाई प्रहरी हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि सडकमा पनि ‘कबड्डी–४’को विरोध भइरहेको छ। तामाङलाई बिना कुनै सजाय छाड्नुपर्ने प्रदर्शनमा उत्रिएकाहरुको माग छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १२:२६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।