Logo

मनोरञ्जन

मिरुनाले माफी माग्नुपर्ने भन्दै ‘आन्दोलनमा उत्रिएको समूहले दिए उजुरी



काठमाडौं । नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि छुटिसकेका छन् । तर, यो प्रकरणले चलचित्र ‘कबड्डी ४’ लाई भने दुःख दिने देखिएको छ ।

मिरुनाले माफी माग्नुपर्ने माग गर्दै cfन्दोnनमा उत्रिएको समूहले ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक संस्थाको नाममा उजुरी परेको हो । उनले भने, ‘उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौं । त्यसपछि निर्णय लिन्छौं ।

तर, दाहालले उजुरी हाल्नेको संस्थाको नाम खुलाउन चाहेनन् । दाहालका अनुसार बोर्डमा मात्रै नभएर प्रदर्शन रोक्नका लागि धेरै ठाउँमा उजुरी परेको छ । सत्यतथ्य छानबिन गरेरमात्रै बोर्डले निर्णय लिने उनले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १७:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।