Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमको एनटीटीभी एपको परीक्षण सञ्चालन सुरु



काठमाण्डौ । नेपाल टेलिकमले चौबीसै घन्टा विभिन्न प्रकारका फ्री टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ ।

यो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ ।

उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरुलगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिनेछ ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ। एपमा भएका च्यानलहरु हेरेबापत हाल छुट्टै शुल्क तिर्नुपर्दैन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।