अभिनेता रणवीर कपुर आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकेर आफ्नो अर्को प्रोजेक्टको तयारीमा जुटेका छन् । लव रञ्जनको आगामी फिल्मको सुटिङका लागि रणवीर यतिबेला स्पेनमा छन् र यहाँ रणवीर एक्लै छैनन् ।
यस फिल्ममा रणवीर कपूरको जोडिमा अभिनेत्री श्रद्धा कपूर देखिनेछिन् र दुबै स्पेनमा फिल्मको सुटिङ गरिरहेका छन् । फिल्मको सेटसँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा आउन थालेका छन् ।
अघिल्लो दिन रणवीर र श्रद्धाको डान्स स्टेप गरेको भिडियो सार्वजनिक भएको थियो । यसैबीच, अहिले फिल्मको सेटबाट अर्को भिडियो लीक भएको छ, जसमा दुवै रोमान्टिक देखिएका छन् ।
वास्तवमा, स्पेनमा आजकल रणवीर र श्रद्धा यस फिल्मको लागि एउटा गीतको सुटिङ गरिरहेका छन्, जसमा दुबै जनाको रोमान्टिक दृश्यहरू छन्, जसको झलक फिल्मको सेटबाट लीक भएको भिडियोमा देखिन्छ । अहिले फिल्मको सेटबाट लीक भएको भिडियोमा रणवीर कपूर शर्टलेस र श्रद्धा कपूर बिकिनीमा देखिएका छन् ।
यस भिडियोमा रणवीर र श्रद्धा नदीमा छन् र दुबै बिस्तारै एक अर्काको नजिक आउँदै गरेको देख्न सकिन्छ । भिडियोमा चलचित्रको छायांकनमा प्रयोग गरिएको सामग्री पनि देख्न सकिन्छ ।
रणवीर र श्रद्धाको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा रणवीरलाई शर्टलेस देखेर फ्यानहरू उत्साहित छन् र अभिनेताको तारिफ गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्,’लामो समयपछि रणवीरलाई शर्टलेस देखेँ ।’
अर्काले एक जनाले लेखेका छन्,’रणवीर र श्रद्धाका लागि उत्साहित छु ।’ यस बाहेक केहीले इमोटिकन्समार्फत भिडियोलाई आगोको रूपमा वर्णन गरेका छन् भने केही प्रयोगकर्ताले मुटुको इमोजी पठाएका छन् ।
निकै मिहिनेतपछि लभ रञ्जनको फिल्मको सुटिङ सुरु भएको छ । यो रोमान्टिक कमेडी फिल्म रहेको बताइएको छ । यसमा रणवीरका बुवाको भूमिका बोनी कपुरले निभाउने बताइएको छ भने डिम्पल कपाडिया पनि यसमा देखिने छन् ।
बोनी कपुर यस फिल्म मार्फत आफ्नो अभिनय डेब्यू गर्दैछन् । यस बाहेक रणवीर र श्रद्धा एक साथ फिल्ममा देखिने यो पहिलो पटक हो ।





















प्रतिक्रिया