काठमाडौं । त्रिचन्द्र कलेजको जीर्ण भवन यथाशीघ्र पुनः निर्माणको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कलेजका विद्यार्थीहरुले जीर्ण भवनको पुनः निर्माणको माग गर्दै मंगलबार सडकमै विरोध प्रदर्शन गरे ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका समेत क्याम्पसका भौतिक संरचनाको पुनः निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । वर्षाको समयमा भवनका कक्षाकोठामा पानी चुहिने गरेको उनीहरुको भनाइ छ। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूले अध्ययन गरेको कलेजको पुनःनिर्माणका लागि कुनै चासो नदिएको विद्यार्थीको गुनासो छ।
नजिकै रहेको धरहरा र रानीपोखरीको पुनःनिर्णमाण हुँदा पनि विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको कलेजका विद्यार्थी गोविन्द कोइरालाको भनाइ छ।
















प्रतिक्रिया