Logo

मनोरञ्जन

करणवीरविरुद्ध धोकाधडीको उजुरी



एजेन्सी/मुम्बई । भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ । ४० वर्षीया महिलाले बोहरासहित ६ जनाविरुद्ध ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन् । करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन् । महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन् ।

ती महिलाका अनुसार करणसहित ६ जनाले उनलाई २ दशमलब ५ प्रतिशत व्याजमा पैसा फिर्ता दिने भन्दै पैसा ऋण लिएका थिए । महिलाका अनुसार हालसम्म उनले करिब ३ करोड रुपैंयाँमात्र फिर्ता पाएकी छन् । प्रहरीले उजुरीका विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।

कैयौं टेलिफिल्ममा अभिनय गरेका करण पछिल्लोपटक एकता कपुरको रियालिटी शो ‘लकअप’मा देखिएका थिए । उनले त्यहाँ आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १३:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।