Logo

अर्थ

तोलामा कति घट्यो सुनको मूल्य ?



नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १२:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।