Logo

अर्थ

एनआरएनएले  राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार 



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । एनआरएनएको सचिवालयमा आज आयोजिक एक कार्यक्रमबीच उक्त चेक केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई हस्तान्तण गरेका थिए । कार्यक्रममा डा महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरेका थिए । 

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ४ : ३० बजे