Logo

मनोरञ्जन

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश नि:शुल्क



काठमाडौं । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । 

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ । नि:शुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ । 

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १२ : ४० बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।