Logo

राजनीति

संचार श्रमजीवीकाे  प्रताडनकाे  युनिप्रेसकाे शसक्त बिराेध , संघर्ष समितिकाे आन्दाेलनमा ऐक्यबद्धता 



युनिप्रेस नेपालले एक कडा विज्ञप्ति जारी गरे संचार श्रमिकाे शाेषणकाे बिराेध गर्दै पिडित संचारकर्मिहरूकाे संघर्ष समितिकाे कार्यक्रमहरू प्रति ऐक्यबद्धता जाहेर गरेकाे छ । कार्यबाहक महासचिव सुदिप बुढाथाेकिद्वारा विज्ञप्तिमा भनिएकाे छ- समाज र देशका विभिन्न  विकृति  विसंगतिहरू र शोषण विरूद्ध लेख्ने र लड्ने संचार क्षेत्रका  श्रमजीवीहरूले  आफ्नै हक र अधिकारको लागि मात्र नभई न्यूनतम ज्याला र सरकारले तोकेकै प्रावधान कुल्चेर संचार उद्यमिहरूले गरेको शोषण बिरूद्ध लड्न पर्ने  दुखत अवस्था  श्रृजना हुनु खेद जनक छ । 
 
 ती आम संचारजीवी जस्ले राज्यकै विभिन्न अंङ्गहरूको खवरदारी गर्दै जनतालाई सूचित गराउदै आएका छन, उनै मिडिया कर्मीहरू नै यसरी पिडित हुदा  उनीहरूले विकृति र विसंगती विरूद्ध कसरी आवाज उठान गर्न सक्छन ? सरकार र सरोकारवालाहरू पक्षले सोच्न जरूरी छ ।
 
 यता आएर कोविडको कारण देखाई  संचारगृहहरूले संचार माध्यमका  श्रमजीवीहलाई कामबाट निस्कासन गर्ने गरेकोले त्यस्ता  अमानवीय कार्य प्रति यस युनियनले व्यवस्थापकहरूलाई पटक पटक   सचेत गराउदै आएको छ ।
 
 छिमेकी  मुलुक भारतको उच्च अदालतले पत्रकार तथा संचारकर्मीहरूलाई पुरा तलव दिन नसक्ने संचार  गृहहरूलाई  निर्देशित गर्दै, तलब भक्ता दिन नसके संथा नै बन्द गर्न समेतको आदेश भएको अवस्थामा  नेपालमा ठूला  भनाउदा संचार गृहहरूले  आफ्ना संस्थामा कार्यरत श्रमजीवी कर्मचारीहरूलाई धम्क्याउने, निस्कासन गर्ने, ज्याला नदिने जस्ता  श्रम शोषण गर्ने कार्य गरिरहेको देखिएको छ ।
 
 हाल आएर कोविड आक्रान्त पछिको अवस्थालाई वहाना बनाएर केही संचार  संस्थाहरू कान्तिपुरको केएमजी ग्रुप, नागरीक, कारोवार, अन्नपुर्ण पोष्ट, माउन्टेन टेलिभिजन, नया पत्रिका,  एभिन्यूज, न्यूज २४, नेपाल आज, राजधानी, समाचा पत्र जस्ता संचार संथाहरूले श्रमजीवीलाई   विनाकारण रोजगारीबाट हटाउने, तलब र पारिश्रमिक नदिने, वक्यौता राख्ने, कार्यक्षेत्र वा कामको प्रकृति परिवर्तन गरी हतोत्साहित गर्ने गरिएको प्रति युनिप्रेस नेपालको गम्भिर रूपमा ध्यान आर्कषण भएको छ ।
 
 संचार श्रमिकहरूले आफ्ना मागहरू पुरा गर्नको लागि संघर्ष समिति नै गठन गरी थालिएको रिले  अनसन सहित विभिन्न दवाव मुलक आन्दोलनलाई वेवास्ता नगरी निस्कासित श्रमजिवीहरूलाई विना शर्त  बहाली  गरि श्रमजीवीहरूका  मागहरू यथाशिघ्र सम्वोधन  गर्न युनिप्रेस नेपाल संपुर्ण संचार संस्थाहरूलाई ध्यानाकर्षण  गराउदछ ।
 
 संचार संस्थामा भईरहने श्रमशोषणको निराकणका लागि युनिप्रेस नेपाल सशक्त रूपमा खडा रहने  नेपालका संचार संवद्ध  श्रमिकहरूलाई जानकारी गराउदछ। साथै सम्पुर्ण श्रमजिवीहरूको हक अधिकारका लागि सदैव लडिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।
 
 संचार माध्यमहरूमा युनिप्रेस नेपालको प्रतिष्ठान स्तरको ट्रेड युनियन गठन गरी श्रम शोषणको  अन्त्यको अभियानमा संलग्न हुन समेत युनिप्रेस नेपाल  सम्पुर्ण संचार सम्बद्ध श्रमजीवीहरूमा आह्वान गर्दछ। युनिप्रेस नेपाल अन्तराष्ट्रिय संस्था यूनियन नेटबर्क ईन्टरनेशनल र नेपाल ट्रेड युनियन काग्रेसमा अाबद्ध  संचार तथा सम्बद्ध श्रमिकहरूकाे राष्ट्रिय ट्रेड युनियनकाे रूपमा दर्ता रहेकाे एक शसक्त संचार ट्रेड युनियन हाे ।
 
received_1053493385082317.jpeg

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ३ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।