Logo

मनोरञ्जन

राजको ‘खुसीका मुहान’मा नग्मा  र सागरको रोमान्स (भिडियोसहित) 



काठमाडौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन् । निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तुत गरिएको छ ।

मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् । यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ ।  भिडियो संगीतकार सुब्बाको आधिकारिक च्यानल ‘अम्बर तुम्बापो सुब्बा’ मार्फत सार्वजनिक भएको हो ।  निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।  

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १७:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।