Logo

मनोरञ्जन

नीताले मनाइन् ब्याचलर पार्टी, असार २४ मा बिहे



काठमाडौं । नायिका नीता ढुंगानाले असार २४ गते बिहे गर्ने भएकी छिन् । ज्योतिष हरिहर अधिकारी र नीताले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् ।

याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन् । आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन् ।

ब्याचलर पार्टी मनाएकी नीता  केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ । नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन् ।

असार २५/२६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ ।

बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०८:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।