काठमाडौं । गायिका शान्तीश्री परियार र गायक खुमन अधिकारीले तिज गीत ‘थरी थरी भोले’ बजारमा ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुहकाे गायन रहेको छ ।
लोक तथा डान्सिङ शैलीमा तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।
गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ ।





















प्रतिक्रिया