Logo

शिक्षा

हाम्रोपात्रोमा नयाँ फिचर, अब ११ कक्षा सम्म निःशुल्क पढ्न पाइने



काठमाडौं । हाम्रो पात्रोले एउटा नयाँ फिचर थप गरेको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा ‘हाम्रो लर्निङ सेन्टर’ सुविधा ल्याएको हो ।

हाल यो फिचर बेटा भर्सनको रूपमा उपलब्ध गराइएको छ । यसले स्रोतसाधनको अभाव रहेका ग्रामीण तथा दुर्गम क्षेत्रका  विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याउने बताइएको छ । 

हाम्रो पात्रो इङ्कका संस्थापक तथा सीईओ शङ्कर उप्रेतीले लर्निङ सेन्टरले नेपालको शिक्षालाई आम मानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए ।

डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीले हाम्रो पात्रोसँगको सहकार्यबाट फ्लिप्ड क्लासहरू अझ धेरै विद्यार्थी माझ पुग्ने बताए ।

कक्षा ४ देखि ११ कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन् । आगामी दिनमा बाँकी आवश्यक लेक्चर, सम्बन्धित विषयका प्रश्न, क्विज समेत थपिने कम्पनीले जनाएको छ । 

गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट हाम्रो पात्रोको एप अपडेट तथा डाउनलोड गरी ‘हाम्रो लर्निङ सेन्टर’ प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १३:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।